मुख्य समाचार राजनीति

सरकारकाे नीति तथा कार्यक्रम संविधानकाे मर्म विपरितः कांग्रेस

'सिंहदरबारको अधिकार नागरिकमा पु¥याउने परिकल्पना सम्बोधन भएन'

सरकारकाे नीति तथा कार्यक्रम संविधानकाे मर्म विपरितः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नआएको टिप्पणी गरेको छ ।

 

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको भावना अनुसार स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएका हुन् । 

 

उनले सिंहदरबारको अधिकार नागरिकमा पु¥याउने परिकल्पना सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेटले स्थानीय नागरिकको भावनालाई समेट्न नसकेको भन्दै यसमा सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।

 

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रम पुरानै ढाँचामा आएकाले त्यसमा सहमति जनाउन सकिने अवस्था नरहेको बताए ।

काँग्रेस कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड

विशेष