मुख्य समाचार देश

गर्भवती बाेकेकाे एम्बुलेन्स दुर्घटना, एककाे मृत्यु ४ घाइते

गर्भवती बाेकेकाे एम्बुलेन्स दुर्घटना, एककाे मृत्यु ४ घाइते

सल्यान । सल्यानमा साेमबार बिहान गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । एम्बुलेन्समा चढेका ४ जना घाईते भएका छन् । बागचौर नगरपालिका –२ चिल्ढाले निवासी ४४ वर्षीया जानकी बुढाथोकीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

 

दुर्घटनाकाे क्रममा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी नै २९ वर्षीया गर्भवती कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्मरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी घाइते छन् । घाईते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकाे छ ।

 

बिहान १ः २५ बजे बागचौर नगरपालिका –२ चिल्ढालेबाट गर्भवती २९ वर्षीया कल्पना चलाउनेलाई असप्ताल लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएकाे हाे ।दुर्घटनापछि चालक खकेन्द्र शाही फरार छन् ।

 

एम्बुलेन्स दुर्घटना सल्यान

विशेष