अरुण तेस्रोको शिलन्यास ओली- मोदीले रिमोट थिचेर गर्ने
यहि वैशाख अन्त्यमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास हुने भएको छ।
संखुवासभा जिल्लामा बन्न लागेको ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ। अरुणतेस्रोको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ।
उक्त आयोजनाको शिलन्यास वैशाख २९ गते दुवै प्रधानमन्त्रीले रिमोट थिचेर गर्ने लगानी बोर्डका एक कर्मचारीले बताए। शिलन्यासको सम्पूर्ण तयारी सकिएको पनि उनले बताए। लगानी बोर्ड र सतलज कम्पनी दुवैले शिलन्यासको तयारी सकेर फर्किसकेका छन्।
मोदी वैशाख २८ गते भारतको पटनाबाट जनकपुर आउँदै छन्। उनी नेपालमा २८ र २९ गते बस्ने छन्। २९ गते अरुण तेस्रोको शिलन्यास दुवै प्रधानमन्त्री संखुवासभाको फाक्सिन्डामा पुग्ने छन्।
संखुवासभा केपी शर्मा ओली मोदी अरुण तेस्रो जलविद्युत आयोजना