मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओली असार पहिलो साता चीन जाने

प्रधानमन्त्री ओली असार पहिलो साता चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीनकाे राजकीय भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका उच्च सरकारी स्रोतले बताएकाे हाे ।

 

भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए ।

 

यो भ्रमण प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको थियो । 

प्रधानमन्त्री ओली चीन जाने

विशेष