रावलको संयोजकत्वमा नेकपा संसदीय दलको विधान मस्यौदा कार्यदल गठन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकतापछि मंगलवार पहिलो पटक संयुक्त रुपमा बसेको नेकपा संसदीय दलको बैठकले १५ दिनभित्र दुवै दलको विधान एउटै बनाउन समिति गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा सांसदहरु देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । नेकपाले प्रतिपक्षका कुरा सुन्ने र शालिनता अपनाउने निर्णय गरेको छ ।
बैठकले चुनावमा जनता सामु लगिएको घोषणा पत्र कार्यान्वयन गर्ने समेत निर्णय गरेको सांसद खगराज अधिकारीले जानकारी दिए ।
भीम रावल नेकपा विधान मस्यौदा