भाडाका घरमा ‘सिंहदरबार’
भाडामा लिएर सञ्चालन गएिको परिवर्तन गाउँपालिकाको कार्यालय भवन। तस्बिर : नागरिक
काठमाडाैं । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा यति बेला नसुहाउँदो देखिन थालेको छ । करिब एक वर्ष पुगेको गाउँको सिंहदरबारमा ‘सिंह आएको तर दरबार नआएको’ जनगुनासो पनि चुलिन थालेको हो।
चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनाबमा देखिन्छन्। अलमलबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तव्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन्।
जिल्लाका एक नगरपालिका र नौ गाउँपालिका मध्ये सात गाउँपालिकाले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेका छन्। गाउँपालिकाका लागि आफ्नै भवन नहुँदा इन्टरनेट सेवा, जनप्रतिनिधि, कर्मचारीको बसाइँ व्यस्थापनलगायत अन्य प्राविधिक कुरा मिलाउनसमेत समस्या हुँदै आएको छ।
रोल्पा नगरपालिका र अन्य दुई गाउँपालिकाको कार्यालय भने साविक गाविस कार्यालय रहेका पुराना भवनमा छन्। भवन नभएका कतिपय गाउँपालिकामा भवन निर्माणका लागि तयारी थालिएको छ भने कतिपयमा अन्योल नै देखिएको छ। याे खबर अाजकाे नदागरिक दैनिकमा छापिएकाे छ ।
सिंहदरबार चुनाव भाडाको घर