राजपाको राजनीतिक समितिको बैठक २५ गते

काठमाडौं । राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको बैठक जेठ २५ गतेका लागि बोलाइएको छ। आज बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले जेठ २५ मा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको हो ।
'सोही बैठकले पार्टीको महाधिवेशन र संसदीय दलको चुनावको तिथिमिति निर्धारण गर्नेछ', राजपाका महासचिव केशव झाले भने, 'राजनीतिक समितिले संसदीय दलको नेता र प्रदेश २ को सरकारका लागि तीनजना राज्यमन्त्री चयन गर्नेछ।'
राजपा बैठक २५ गते