मुख्य समाचार राजनीति

राष्ट्रपतिले संसदकै अपमान गरेकाे भन्दै कांग्रेसद्वारा संशोधन दर्ता

राष्ट्रपतिले संसदकै अपमान गरेकाे भन्दै कांग्रेसद्वारा संशोधन दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेको भन्दै संशोधन दर्ता गराएको छ।

 

सरकारका तर्फबाट सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सम्माननीय र मानीय नभनी सभामुख, राष्ट्रियसभा अध्यक्ष र सांसदहरु मात्र भनेकी थिइन् ।

 

अघिल्ला आर्थिक वर्षहरुमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुखलाई सम्माननीय र सांसदलाई माननीय भनेर सम्बोधन गरिन्थ्यो । मंगलबार सिंहरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले सम्मानीत पदको अपमान गरेको निष्कर्ष निकालेको थियो ।

 

दलको बैठक लगत्तै मीनेन्द्र रिजालको अगुवाइका कांग्रेसका १७ जना सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको, ‘सम्बोधन गर्दा अपमान जनक पदावली प्रयोग गरिकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्पराअनुरुप सम्मानजक पदावली प्रयोग गरिनु पर्दछ ।’

 

कांग्रेसले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रालाई संस्थागत गर्ने, सहज रुपमा सरकारी सेवा र सुविधा पु‍¥याउने विषयलाई प्राथामिकता नदिएको बताएको छ। जनताको चाहनालाई वेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको कांग्रेसले आरोप लगाएको छ।

 

यस्तै राजपाका अनिलकुमार झा र लक्ष्मणलाल कर्णले पनि नीति तथा कार्यक्रममा संशाधेन गर्दा गराएको प्रतिनिधिसभा कार्यव्यवस्था समितिले जनाएको छ । झा र कर्णले संविधान संशोधन गरिने विषय प्रष्ट रुपमा नीति तथा कार्यक्रममा समावेश गर्न संशोधन दर्ता गराएका हुन् ।

 

कर्ण र झाको संशोधन प्रस्तावमा भनिएको छ, ‘गम्भीरताका साथ ध्यान दिइनेछृ भन्ने शब्द पति शोषित, उत्पिडित, बहिस्कृत, समुदायको अधिकारका लागि संविधानमा आवश्यक संशोधन गरिनेछ’ भन्ने थप्ने।

 

त्यस्तै, लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते भएकोहरुको जिवीकोपार्जनको व्यवस्था गरिने विषय नीति तथा कार्यक्रममा समेटिुनपर्ने प्रस्ताव गरेका छन्।

 

राजपा अध्यक्ष मण्डलको बैठकको निर्णयअनुसार संशोधन दर्ता गरिएको कर्णले जानकारी दिए। संघीय समाजवादी फोरमका प्रदीप यादव, राम सहायप्रसाद यादव, सुरेन्द्रकुमार यादव र रेनुका गुरुङले नीति कार्यक्रमका विभिन्न बुँदा संशोधन दर्ता गराएका छन्।

काँग्रेस संशोधन दर्ता राष्ट्रपति

विशेष