नेकपाकाे मुख्यालय कुन ठाउँमा ? यस्तो भयो सहमति
काठमाडौं । नेकपा (नेपाल कम्युनिष्ट पार्टी) को पार्टी मुख्यालय एमालेको तत्कालिन कार्यालयलाई बनाइने भएको छ । धुम्बाराहीको तत्कालिन कार्यालयको संरचना केन्द्रीय कार्यालयका लागि ठीक भएकाले त्यसलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने सहमति भएको छ । अब अध्यक्ष केपी शर्मा ओली पुरानै सिटमा बस्नेछन् भने प्रचण्डले नयाँ ठाउँमा सर्नुपर्ने भएको छ । उनका लागि कोठाको व्यवस्थापन भइरहेको एक नेताले जानकारी दिए ।
सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालयबारे निर्णय गर्ने जिम्मा अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको छ । आपसी परामर्शका आधारमा दुई अध्यक्षले तत्कालीन एमालेको धुम्बाराही र तत्कालीन माओवादीको कोटेश्वरस्थित पेरिसडाँडामध्ये एकलाई केन्द्रीय कार्यालय तोक्ने गरि जिम्मा दिएको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
तर पार्टी कार्यलयमा सहमति भने भइसकेको छ । काटेश्वरको पेरिसडाँडामा रहेको तत्कालिन माओवादी केन्द्रको कार्यालयलाई जनवर्गी संगठनको कार्यालय बनाइने भएको छ । युवा, विद्यार्थी, मजदुर, महिला संगठनहरुलाई पेरिसडाँडामा रहेको कार्यालयमा व्यवस्थापन गरिने ती नेताले नेपालपाटीलाई जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी पेरिसडाँडा धुम्बाराही