बिराटनगरकाे भारतीय फिल्ड अफिस हटाउने तयारी
काठमाडाैं । भारतीय राजदूतावासले बिराटनगरस्थित संचालन गर्दैअाएकाे फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भएपछि पास दिन भन्दै भारतीय दूतावासले खाेलेकाे फिल्ड अफिस बन्द गरिने भएकाे हाे ।
यसअघि साेही विषयलार्इ लिएर नेपाली राजनीतिक दलका नेताहरूबीच विवाद भए पनि भारत सरकार अहिले बन्द गराउन तयार भएकाे हाे । जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको बसेको संसदीय दलको बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।
अाेलीले उक्त अफिस हट्ने भनेकाे तीन दिनपछि नै भारत सरकारले हटाउने घाेषणा गरेकाे हाे ।
भारत सरकार बिराटनगर फिल्ड अफिस