मुख्य समाचार राजनीति

नीति तथा कार्यक्रम घोषणापत्रको पुलिन्दा मात्रै : कांग्रेस

नीति तथा कार्यक्रम घोषणापत्रको पुलिन्दा मात्रै : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम घोषणापत्रको पुलिन्दा मात्रै भएको बताएको छ ।


संसदीय दलको मंगलबार बसेको बैठकले जनताको घर–आँगनमा सरकारको सेवासुविधा पुर्‍याउने प्रतिबद्धता एवं जनचाहनालाई नीति तथा कार्यक्रमले पूर्ण बेवास्ता गरेको निष्कर्ष निकालेको हो ।


‘सरकारले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक ल्याएको छैन,’ दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नीति तथा कार्यक्रम पार्टी घोषणापत्रको पुलिन्दा मात्रै छ ।’


कांग्रेसले आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रस्ट धारणा नीति तथा कार्यक्रममा आउन नसकेको बताएको छ । ‘जनताद्वारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी तीनै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जनताको समृद्धिको चाहना पूरा गर्ने दृढतालाई नीति तथा कार्यक्रमले प्राथमिकता दिन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुरबाट

नेपाली काँग्रेस नीति तथा कार्यक्रम घोषणापत्र विज्ञप्ति

विशेष