प्रचण्डका छोरी – बुहारी पनि नेकपाको केन्द्रीय सदस्य

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ। केन्द्रीय सदस्यहरुको नामावलीमा धेरै नेताका परिवारका सदस्यहरु परेका छन्।
नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी र बुहारीसमेत केन्द्रीय सदस्यमा परेकी छन्। प्रचण्ड पुत्री एवं भरतपुरकी मेयर रेणु दाहाल र प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री विना मगर केन्द्रीय सदस्य भएकी छिन्।