मुख्य समाचार राजनीति

नेकपाका एक नेता पक्राउ भारतमा, दाबी नेपालमा !

नेकपाका एक नेता पक्राउ भारतमा, दाबी नेपालमा !

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नतृत्वको नेकपाका एक नेता भारतमा पक्राउ परे पनि नेपाल प्रहरीले उनी नेपालबाट नै पक्राउ गरेको झुठो दाबी गरेको खुल्न आएको छ ।

 

विराटनगरस्थित भारतीय दूतावासको क्याम्प अफिसको पर्खालमा बस विस्फोट गराएको आरोपमा जिल्ला सेक्रेटरी रहेका ६२ वर्षीय सागर राई भन्ने सुरेश कुमार राईलाई नेपाल प्रहरीले पक्राउ गरेको समाचार राष्ट्रिय समाचार समितिले गत जेठ ४ गते सम्प्रेषण गरेको थियो ।

 

मोरङको बुढीगंगा गाउँपालिका–२ बस्ने राईलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको समाचार उल्लेख थियो ।

 

नेपाल प्रहरीले यसो दाबी गरिरहँदा राई भने करिब १७ दिनअघि भारतको कोलकातामा पक्राउ परिसकेको खुल्न खाएको छ ।

 

भारतको इन्डिया टाइम्समा प्रकाशित एक समाचार अनुसार कोलाकाताको स्पेसल टाक्स फोर्सले राईलाई दिल्लीबाट पक्राउ परेको थियो ।

 

समाचारमा उनलाई वैशाख ४ गते भएको बम विस्फोटको मुख्य योजनाकार भनिएको छ ।

 

घटनापछि नेपाल प्रहरीले राईका सहयोगीहरुलाई पक्राउ गरे पनि राई भने भागेर दिल्ली आइपुगेको र विशेष सूचनाका आधारमा पक्राउ गरिएको समाचारमा उल्लेख छ ।


लामो शृङ्खला

यसरी, नेपाल र भारतले आफ्नो देशमा पक्राउ परेको अभियुक्तहरुलाई सुटुक्क एक–अर्कालाई बुझाउन गरेका छन् । तर, यसलाई गोप्य नै राख्ने गरिन्छ ।

 

सन् २०१३ मा लस्कर ए तोइबाकाका अब्दुल करिम तुन्डा र यासिन भटकाललाई नेपालबाट पक्राउ गरेर भारतलाई बुझाइएको थियो । तर, समाचारमा भने उनीहरु नेपाल र भारतको सीमाबाट पक्राउ परेको खबर सार्वजनिक गरेको थियो ।

 

नेपाल प्रहरीले त्यतिबेला उनीहरुलाई नेपालबाट पक्राउ गरेर हस्तान्तरण गरेको अस्वीकार गरे पनि पछि उनीहरु नेपालबाटै पक्राउपरेको रिपोर्टहरु सार्वजनिक भएको थियो ।

 

त्यस्तै, विहार प्रहरीले पक्राउ गरेका तराईको सशस्त्र समूहका म्यानेजर महतो भनिने राम नारायणलाई बिहार प्रहरीले जयनगरबाट पक्राउ गरेर सिरहा प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

 

त्यतिबेला, जिल्लाको एसपी रहेका रमेश खरेलले भने उनको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको भनेर पछि गलत दाबी गरेको प्रशंग ‘ब्याटल अफ द न्यु रिपब्लिक : अ कन्टेम्पोररी हिस्ट्री अफ नेपाल’मा उल्लेख छ । 

 

केही समयअघि मनोज पुनको कथित इन्काउन्टरमाथि पनि धेरै प्रश्नहरु उठेका थिए ।

विप्लव पक्राउ भारत विराटनगर

विशेष