कला साहित्य

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न (पदाधिकारीको नामावली सहित )

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न (पदाधिकारीको नामावली सहित )

काठमाडौं । विश्वभर छरिएर बसेका नेपालीहरुको कला , संस्कृति , साहित्य र नेपाली भाषाको संरक्षण संर्बद्धन एवं विकास लागि निरन्तर काम गरिरहेको विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठाको दोस्रो साधारण-सभा भव्यताका साथ सम्पन्न भएको छ ।

 

बुधबार काठमाडौंमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका अध्यक्ष गोपी कृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमख अतिथिका रुपमा पूर्व कानून मन्त्री हरि प्रसाद न्यौपाने र बिशेष अतिथिको रुपमा पूर्व इजरायलका राजदुत प्रलाद प्रसाई, लक्ष्मी प्रसाद प्रसाई, किशोर उप्रेदी रहेका थिए ।

 

विभिन्न कला , साहित्य, पत्रकारिता प्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा गीत, कविता तथा  साहित्यको बाचन समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे पूर्व राजदुत प्रलाद प्रसाईले कला र साहित्यले नेपाली समाज रुपान्तरणका लागी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै यसको संरक्षणको जिम्मा सबै नागरिकको रहेको धारणा व्यक्त गरे ।

 

कार्यक्रमको प्रमुख अतिथि एवं पूर्व कानुन मन्त्री हरि प्रसाद न्यौपानेले कविता बाचन गर्दे विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

संस्थाको दोस्रो साधारण सभाले तपसिलका पदाधिकारी चयन गरेको छ ।

अध्यक्ष  : गोपी कृष्ण प्रसाई
बरिष्ठ उपाध्यक्ष  : लक्ष्मी उप्रेती
उपाध्यक्ष  : तेजेन्द्र कुमार प्रसाई
महासचिब  : राधेश्याम तिमलसिना (पुकार)
सचिब  : कोपीला शिवाकोटी
कोषाध्यक्ष : रिता शिवाकोटी
सह कोषाध्यक्ष : बिनोद श्रेष्ठ
सदस्य :अस्मिता भण्डारी
सदस्य :राधिका दाहाल
सदस्य : तिर्थराज दाहाल
सदस्य : कल्पना पाठक

साहित्य नेपाली भाषा

विशेष