मुख्य समाचार राजनीति

लालबाबु पण्डितको सम्पत्ति : पुरानो साइकल

लालबाबु पण्डितको सम्पत्ति : पुरानो साइकल

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

 

मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार बिराटनगर महानगरपालिका–१२ स्थानीय घर भएका उनीसँग एक कठ्ठा जमिनमा बनेको पाँच कोठे काठे घर रहेको छ । 

 

सर्लाहीको बसबरियामा लालबाबुकै नाममा चार बिघा पैतृक जमिन पनि रहेको छ । त्यसैगरी ललितपुरको भैँसेपाटीमा पत्नी बिमलाको नाममा चाराना जग्गा पैतृक सम्पत्तिका रुपमा रहेको उल्लेख गरिएको छ । 

 

 पैतृक सम्पत्तिकै रुपमा १० तोला सुन र १५ तोला चाँदी रहेको पनि उल्लेख गरिएको छ । लालबाबुको नाममा बैंकमा पनि रकम जम्मा रहेको पाइएको छ । 

 

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार लालबाबुको नाममा एभरेष्ट बैंकको मुद्दती खातामा २५ लाख रुपैयाँ पैतृक ब्याज रहेको पनि उल्लेख गरिएको छ । 

 

त्यसैगरी पत्नी बिमला र लालबाबुको नाममा एभरेष्ट र कृषि विकास बैंकमा आफैँले कमाएको सम्पत्तिको लाख रुपैयाँ ब्याज रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी लालबाबुले आफ्नो नाममा एउटा पुरानो साइकल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

लालबाबु पण्डित मन्त्रिपरिषद्को बैठक संघीय मामिला तथा सामान्य प्रशासन

विशेष