राजनीति

प्रधानमन्त्रीको बैंकमा ४२ लाख, अरु सबै सम्पत्ति पत्नीको नाममा

प्रधानमन्त्रीको बैंकमा ४२ लाख, अरु सबै सम्पत्ति पत्नीको नाममा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा प्रम ओलीको नाममा एभरेष्ट बैंक लिमिटेडमा तलब भत्ता बापदको ४२ लाख रुपैयाँ रहेको जनाइएको छ । 

 

प्रधानमन्त्री ओलीले अरु सबै सम्पत्ति भने पत्नी राधिकाको नाममा रहेको उल्लेख गरेका छन् । जस अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा साढे एक रोपनी जग्गामा बनेका तीन तले दुईवटा घर ओली पत्नी राधिका शाक्यको नाममा रहेको छ। 

 

त्यसैगरी राधिकाकै नाममा झापाको पृथ्वीनगरमा आफैँले कमाएको १० कठ्ठा जग्गा रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी ओलीसँग स्वआर्जन गरेको करिब १८ तोला गरगहना पनि रहेको उल्लेख गरिएको छ । 

 

राधिकाकै नाममा माछापुच्छ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंककी प्रथम श्रेणीकी पूर्वअधिकृत राधिकाको नाममा सेयरका रुपमा २५ लाख रुपैयाँ राष्ट्रिय बचतपत्र पनि रहेको छ ।

केपी शर्मा ओली सम्पत्ति विवरण सार्वजनिक

विशेष