ढुंगेललाई माफी

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।
डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडाैमार्फत सिफारिस मागेको थियो। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
बालकृष्ण ढुंगेल कर्तव्य ज्यान मुद्दा कैद मिनाहा