राजनीति

नेकपाकाे पहिलाे केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

नेकपाकाे पहिलाे केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले र माअाेवादी केन्द्रबीच एकतापछि बनेकाे नेकपाकाे याे पहिलाे  केन्द्रीय समिति बैठक हाे ।

 

उक्त बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् । अध्यक्षद्वयले एकीकरणपछि कसरी काम गर्ने भन्ने विषयमा निर्देशन दिने छन् ।

 

याे बैठकलार्इ भर्खरै दुई पार्टी एक भएर बनेको नेकपाका केन्द्रीय सदस्यबीचकाे एकअर्काप्रति चिनजानकाे रूपमा पनि लिइएकाे छ । बैठकमा ४ सय ४१ जना केन्द्रीय सदस्य आफ्नो नेपाली नागरिकतासहित सहभागी हुनेछन्।

 

यस्तै, केन्द्रीय सदस्य समितिले पूर्णता पाएसँगै अब नयाँ पार्टीको परिचयपत्र बन्छ। केन्द्रीय सदस्यलाई नयाँ परिचयपत्र बनाउनका लागि पनि नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको पार्टी स्रोतले बताएको छ।
 

नेकपा केन्द्रीय समिति बैठक बालुवाटार

विशेष