राजनीति

सरकार दृष्टिबिहीन बनेर मुलुक चलाउने प्रयास गर्दैछः उपेन्द्र यादव

'नेपालका कम्युनिष्टहरु ध्वस्त हुने लयमा'

सरकार दृष्टिबिहीन बनेर मुलुक चलाउने प्रयास गर्दैछः उपेन्द्र यादव

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । 

 

संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेकपाको सरकार दृष्टिबिहीन बनेर मुलुकलाई चलाउने प्रयास गरेको बताउँदै उनले यसले मुलुक पनि खतरामा पर्न सक्ने बताएका हुन् ।


 

‘विश्वमा चीनबाहेक कुनै पनि देशमा कम्युनिस्ट शासन चल्न सकेको छैन’ उनले भने,विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरु ध्वस्त भइसकेको र उनीहरुको ध्वस्तसँगै ती देशहरु पनि बर्बाद भइसकेको छ ।’

 

कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म मुलुक पनि तहसनहस भइसक्ने यादवले दावी गरे । 

 

‘जसरी ती देशका कम्युनिष्टहरु ध्वस्त भए नेपालका कम्युनिष्टहरु पनि त्यहीं बाटो अँगालेका छन्’ उनले भने, ‘यहीं तरिकाले हिँडिरहे यिनिहरुको अवस्था पनि त्यस्तै हुन्छ । तर, तबसम्म देश पनि बर्बाद भइसकेको हुन्छ ।’

उपेन्द्र यादव कम्युनिष्ट

विशेष