काम पूरा नगर्ने कम्पनीको नाम संकलन

बाँके । बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ ।
गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन गर्ने विभिन्न सरकारी कार्यालय र स्थानिय तहसँग निर्माण कम्पनीको सूची माग गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार अहिलेसम्म समयमा काम सम्पन्न नगर्ने १२ निर्माण कम्पनीको विवरण प्राप्त भएको छ ।
प्राप्त सूचीका आधारमा समयमा काम नगर्ने, निर्माण कार्य छोडी भागेका ठेकेदारलाई पक्राउ गर्न बाँके जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी प्रक्रिया अघि बढाइने प्रजिअ केसीको भनाइ छ । रासस
बाँके गृहमन्त्री सरकारी कार्यालय स्थानिय तह