मुख्य समाचार राजनीति

निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछः कमल थापा

निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछः कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् ।

 

सरकार विपक्षीप्रति असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए । राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका पैदा भएको बताए ।

 

बिहीबार राजधानीमा भएको कार्यक्रममा थापाले भने, ‘निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछ ।’ आवरण भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने उनको दाबी छ ।

 

अब मिडिया पनि निशानामा पर्न सक्ने उनको आशंका छ । उनले भने, ‘सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता केपी ओलीमा पनि देखिन थालेको त होइन ?’

कमल थापा सरकार सर्वसत्तावादी

विशेष