मुख्य समाचार राजनीति

प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेनन्

मन्त्रीहरू आफैँले बनाएको आचारसंहिता उल्लंघन गरे प्रवक्ता भन्छन्– सार्वजनिक गर्नुपर्ने भए एक–दुई दिनमा गर्छौँ

प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेनन्

प्रदेश ४ का मुख्यमन्त्रीदेखि मन्त्रीहरूले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । पदबहाली गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि मुख्यमन्त्री र मन्त्रीहरूले ९८ दिन पुग्दासमेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । प्रदेश ४ मा मुख्यमन्त्रीसहित ६ मन्त्री रहेका छन् ।

 

४ फागुनमा मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले सोही दिन रामशरण बस्नेतलाई उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्ति गरेका थिए । ४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गदै हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापालाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिएका थिए । तर, उनीहरूले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

 

मुख्यमन्त्री गुरुङले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरी किरण गुरुङलाई आर्थिक मामिला तथा योजना, नरदेवी पुनलाई सामाजिक विकास र विकास लम्साललाई उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए । ४ फागुनमा मन्त्री भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बस्नेतले सम्हालेको मन्त्रालय परिवर्तन गरी उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । नयाँ पत्रिकाबाट ।

प्रदेश ४ मुख्यमन्त्री सम्पत्ति विवरण

विशेष