मुख्य समाचार समाज

हवल्दरकी पत्नीकाे शव प्रहरी कार्यालयको क्यान्टिनमा भेटियाे

हवल्दरकी पत्नीकाे शव प्रहरी कार्यालयको क्यान्टिनमा भेटियाे

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टेनमै एक जना महिलाको शव भेटिएको छ। बिहीबार राति करिब १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।


कल्पना जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती रहेको पुष्टि भएको छ ।


कल्पनाको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मृतक कल्पना सोही क्यान्टिनमा काम गर्ने गरेको बुझिएको छ ।


श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।


राजुसिंहले श्रीमती कल्पनालाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्ने गरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।

शव जिल्ला प्रहरी कार्यालय बर्दिया

विशेष