मुख्य समाचार देश

दलित विद्यार्थीलार्इ भर्ना लिन नमानेपछि गुरूकुलका अध्यक्ष र प्राचार्यविरूद्द मुद्दा

दलित विद्यार्थीलार्इ भर्ना लिन नमानेपछि गुरूकुलका अध्यक्ष र प्राचार्यविरूद्द मुद्दा

झापा । भद्रपुरस्थित सञ्चालित एक गुरुकूलमा दलित विद्दार्थीलार्इ भर्ना लिन नमानेपछि गुरूकुलका अध्यक्ष र प्राचार्य विरुद्ध मुद्दा दर्ता भएकाे छ ।

 

भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो ।

 

उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलकाे अगुवाइमा मुद्दा दर्ता गरिएकाे बताइएकाे छ । झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थीले राम्ररी अध्ययन गरिरहेकाे तर यस गुरूकुलमा भने विभेद गरिएपछि उजुरी दिनुपरेकाे उनले बताए ।

 

दलित विद्यार्थी भर्ना नलिएपछि जिल्लाका दलित अधिकारकर्मीले एकसातादेखि पाठशालामा तालाबन्दी समेत गरेका छन् ।

 

दलितले जुनसुकै विद्यालय र संस्कृत पाठशालामा पढ्न पाउने नैसर्गिक अधिकारलाई पाठशालाले उल्लंघन गरेको नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले बताएका छन् ।

दलित गुरूकुल

विशेष