राजनीति भिडियो

देवी ज्ञवालीको उत्साहः प्रचण्डले मलाई माया गरेको देखेर पूर्वमाओवादीहरु दंग छन् ! (भिडियो)

देवी ज्ञवालीको उत्साहः प्रचण्डले मलाई माया गरेको देखेर पूर्वमाओवादीहरु दंग छन् ! (भिडियो)

काठमाडौं । स्थानीय तहको चुनावको सन्दर्भ अब पुरानो भइसक्यो । चितवनस्थित भरतपुर महानगरपालिकाको चुनावले भने केही महिनासम्मै चर्चा पाइरह्यो ।

 

मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि उत्पन्न विवाद र मुद्दाको श्रृखंला पछिसम्मै लम्बियो । तत्कालिन एमाले र माओवादीबीचको विवादमा सबैको चासोको पात्र थिए देवी ज्ञवाली ।

 

तत्कालिन एमालेको सामान्य जिल्ला नेताको रुपमा क्रियाशील ज्ञवालीको जनाधार र प्रभावकै कारण देश र विदेशमा समेत उनको प्रशंसा भयो ।

 

तिनै ज्ञवाली नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको रुपमा मनोनित भएका छन् । ज्ञवालीले यस जिम्मेवारीलाई महत्वपूर्ण र ऐतिहासिक भएको प्रतिक्रिया दिए ।


नेकपाको केन्द्रीय सदस्य बनेपछि पहिलोपटक ज्ञवाली नेपालआजको स्टुडियोमा आएर अन्तरवार्ता दिएका छन् । पुरानो ‘दुश्मन’शक्तिसँग मिलेपछि कस्तो अनुभुति भइराखेको छ ?’भनी हामीले सुरुमै सोधेका थियौँ ।

 

यसबाहेक चितवनमै निर्वाचित बनेका प्रचण्डसँग एउटै संगठनमा बसेर काम गर्न आगामी दिनमा अप्ठ्यारा पनि आउलान् । जब कि, ज्ञवाली अध्यक्ष केपी ओलीका निकट भनी चिनिन्थे ।

 

नयाँ संगठनमा अबको भुमिका, पार्टीको आन्तरिक प्रतिष्पर्धा, बिगतको तिक्तता लगायत विषयमा यो बहस केन्द्रित छ ।

नेकपा प्रचण्ड केपी अाेली देवी ज्ञवाली

विशेष