राजनीति

प्रधानमन्त्रीलाई सिटौलाको कडा चेतावनीः हेपेकै हो भने कम्युनिष्टकाे पतन सुरु भयो

प्रधानमन्त्रीलाई सिटौलाको कडा चेतावनीः हेपेकै हो भने कम्युनिष्टकाे  पतन सुरु भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलाले प्रधानमन्त्री केपी अाेलीकाे अभिव्यक्तिप्रति अापत्ति जनाएका छन् ।

 

शनिवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले कांग्रेसलार्इ अब सहयाेगिकाे रूपमा मात्र लिन सकिने अाेलीले भनाइमाथि अापत्ति जनाएका हुन् । 

 

अाेलीले एमाले र माओवादीकाे एकतापछि एक कार्यक्रममा अब नेपाली कांग्रेसलाई अाफूहरूकाे प्रतिस्पर्धि नरहेकाे भन्दै सहयोगी पार्टीको संज्ञा दिएका थिए ।


‘केपी ओलीजीले मनैदेखि हाम्रो पार्टीलाई हेप्न थालेको हो की ?’सिटौलाले भने, ‘मनैदेखि हेप्न थालेको हो भने उहाँको पतन शुरु भयो, सत्ताले मान्छेलाई अन्धो बनाउँछ अनि अहंकारले पतन हुन्छ ।’  

 

प्रधानमन्त्रीले कांग्रेसलाई हेपेर ‘सहयोगी’ भनेपछि नेता सिटौलाले प्रधानमन्त्रीलाई भेटेरै असहमति व्यक्त गरेकाे बताए । माओवादी र एमालेको बीचमा एकीकरण भएसँगै शान्तिप्रक्रियाको बाँकी काम कसरी टुंगोमा पुग्छ भन्नेबारे सिटौलाले चासो ब्यक्त गरेका छन् । 

 

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको काममा राज्यले हस्तक्षेप गरेमा नयाँ प्रकृत्तिको समस्या आउने उनको भनाई छ । 

कृष्णप्रसाद सिटाैला प्रधानमन्त्री केपी अाेली

विशेष