पर्यटनको विकासमा लगानी गर्न निजी क्षेत्रलार्इ निधिकाे अपिल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता निधिले निजी क्षेत्रको लगानी र सहभागिताबाट मात्रै पर्यटन क्षेत्रले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिनसक्ने सम्भावना पनि औंल्याए।
उपसभापति निधिले पर्यटन क्षेत्रको विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीलाई त्यहाँको भूगोलबारे पहिचान गराउनेगरी पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा पनि जोड दिए।
पर्यटन विमलेन्द्र निधि