पश्चिमका पूर्वएमालेको गुनासोः सूदुर पश्चिमलाई किन सौतेनी ब्यबहार ? (भिडियो)
काठमाडौं । सुदुरपश्चिम अर्थात प्रदेश नम्बर ७ लार्ई वर्षौँदेखि राज्यले सौतेनी व्यवाहार गर्दैआएको भन्दै आवाज उठ्ने गर्छ । यही विषयमा पछिल्लो समय सामाजिक संजालमा वाम एकताबारे असन्तुष्टि व्यक्त भयाे ।
तत्कालिन एमालेको नेतृत्वमा सरकार बनेदेखि नै सुरु भएको विरोधले एमाले माओवादी केन्द्रको एकता पनि प्रभावित बन्यो । प्रदेश ७ मा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्मको निर्वाचनमा पहिलो पार्टी बनेको तत्कालिन एमालेका कार्यकर्ता केन्द्रबाट आफूलाई विभेद गरेको गुनासो गरिरहेका छन् ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति प्रदेश ७ का नेकपा नेता कायकर्तामा भएकाे असन्तुष्टिलार्इ नेपालआजले समेटेको छ । यही विषयमा हामीले तत्कालिन नेकपा एमाले अन्तरगत नेपाली प्रवासी मञ्च जापानका सचिवालय सदस्य प्रकास महरासँग अन्तरवार्ता गर्यौँ । प्रदेश ७ लाई विगतदेखि नै केन्द्रले सौतेनी व्यवहार गरेको महराको गुनासो छ ।
अन्तरवार्ताको क्रममा महराले भने, ‘ओली नेतृत्वको सरकार बन्दा प्रदेश ७ बाट विना मगर बाहेकले प्रवेश पाएनन् । राष्ट्रिय योजना आयोगमा पनि कसैलाई राखिएन । यो दुखद विषय हो । संघीय गणतन्त्र आउँदा पनि सरकारले प्रदेश ७ लाई विभेद गरिएको छ ।’ महराले एकताको क्रममा पनि प्रदेश ७ का नेताहरुलाई हेर्ने दृष्टि पूर्वाग्रही रहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
सूदुर पश्चिम पूर्वएमाले प्रकास महर