राजनीति मुख्य समाचार

ओली सरकार पूर्वाग्रही भएकाे भन्दै देशव्यापी आन्दोलन चर्काउने नेविसंघकाे चेतावनी

'तरुढ दल सुनसरीका सभापति गुरुङलाई तत्काल रिहा गर'

ओली सरकार पूर्वाग्रही भएकाे भन्दै देशव्यापी आन्दोलन चर्काउने नेविसंघकाे चेतावनी

काठमाडाैं । नेपाल विद्यार्थी संघका सभापति नैनसिह महरले तरुढ दल सुनसरीका सभापति सिजन गुरुङलाई केपी ओली सरकारले राजनीतिक पूर्व आग्रही राखेर पक्राउ गरेको  आरोप लगाएका छन् ।

 

शनिवार काठमाडौँमा डोमोक्रयाटिक फर्मासिटिकल्स एशोसिएशन अफ नेपालको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष महरले गुरुङलाई राजनीति पूर्वग्रही भएरै पक्राउ गरिएका भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

 

सरकारले गरुङलाई यथाशिघ्र रिहा नगरिए कडा संघर्षका साथ देश व्यापी अन्दोलनमा उत्रिने महरले चेतावनी दिएका छन् ।

 

उनले  भने, ‘ओली सरकार बालकृष्ण ढुंगेल जस्ता ज्यान मारालाई  थुना मुक्त गदैँछ ।   निर्दोश यूवाहरुलाई भने थुन्ने? यो सरकारको सर्वसत्तावादी चरित्रको अब हामी डटेर प्रतिवाद गर्नुको विकल्प छैन।’

 

विश्वमा  कम्युनिष्ट सर्वसत्तावादीको उदयसँगै पतन भएको भन्दै नेपालमा पनि कम्युनिष्ट पतनको सुरुवाती देखिन थालेको महरले बताए ।

 

 

नेविसंघ अान्दाेलन अाेली सरकार

विशेष