अन्तरवार्ता भिडियो

केन्द्रीय सदस्य पद खोसिएपछि उनले भने, ‘मुखैमा आएको भाग खोसे पापीहरुले’ (भिडियो)

केन्द्रीय सदस्य पद खोसिएपछि उनले भने, ‘मुखैमा आएको भाग खोसे पापीहरुले’ (भिडियो)

काठमाडौं । पुण्य गौतम विश्वास केही समय अगाडिसम्म सिपी मैनाली नेतृत्वको नेकपा मालेका पोलिटब्युरो सदस्य थिए । माले छाडेर उनी नेकपा एमालेमा प्रवेश गरे । एमाले र माओवादीको एकता भएपछि एमालेका तर्फबाट उनलाई केन्द्रीय सदस्यमा मनोनित गरियो । मनोनयन भएलगत्तै उनको केन्द्रीय सदस्य पद खोसुवामा पर्यो । अहिले गौतम नेकपा अन्डरलाइनमा छन्  । तर खास कुनै तहको नेतृत्वमा छैनन् । 

 

केन्द्रीय सदस्यको पद खोसिएपछि उनले आफूमाथि बज्रपात भएको बताए । मुखमा आइसकेको भाग पापीहरुले खोसेर लगेको पनि उनको टिप्पणी थियो । पद खोसिएपछि गौतमले आफ्नो धारणा सामाजिक सञ्जालमा राखे । त्यसमा उनले आफू योग्य भएर पनि केन्द्रीय सदस्य हुन नपाएको, मुखैमा आएको भागमा सत्रू लागेको भन्दै उनीहरुलाई सुनको पलङमा सुत्ने अवसर मिलोस् तर निद्रा नआओस् भन्दै उनले ‘आशिर्वाद’  दिए ।


केही सञ्चारमाध्यमहरुले उनलाई ‘प्रखर भाषणवाज’ भनेर लेख्ने गरेका छन् । कसैले मदन भण्डारी सम्झाउने गौतमको भाषण भनेर उल्लेख गरेको पाइएको छ । त्यस्ता अनलाईनका लिंकहरु गौतम पटक पटक सामाजिक सञ्जालमा सेयर गर्छन् । 

 

पब्लिसिटीको आशक्ति सबैमा हुन्छ । तर यो अलि बढी नै भएन र ? भन्ने प्रश्न हामीले उनलाई राखेका छौं । केन्द्रीय सदस्य पद खोसिएपछि उनले सार्वजनिक गरेका धारणामा विचार भन्दा पनि रोदन मिसिएको केहीले टिप्पणी गरे । यसबारे हामीले उनलाई सोझो प्रश्न गरेका छौं । जसको जवाफ उनले दिएका छन् । 

नेकपा पुण्य गौतम नेकपा माले

विशेष