राजनीति मुख्य समाचार

प्रधानमन्त्री अाेलीले संसदमा भनेः पानीजहाज मैले दिउसै देखेकाे सपना हाे, राति हैन

"मजाक उँडाउने विषय हैन याे"

प्रधानमन्त्री अाेलीले संसदमा भनेः पानीजहाज मैले दिउसै देखेकाे सपना हाे, राति हैन

काठमाडाैं । प्रधानमन्त्री केपी अाेलीले सरकारले देखेका सपना सबै सम्भव भएकाे दाेहाेर्याएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आइतबार उनले सबै सपना साकार पार्न सकिने भएकाे बताए ।

 

नीति तथा कार्यक्रमले तीब्र परिवर्तनको आकांक्षा बोकेको बताउँदै ती सबै पूरा गर्न सम्भव भएकाे उनकाे भनाइ थियाे ।

 

रामायणको कथाकाे प्रसंग उल्लेख गर्दै सरकारले सुनकै गल्ली बनाउँछु नभनेको भनी व्यंग्य समेत गरे । उनले भने ‘रामायणमा भनिएको छ घर पनि सुनैका, गल्ली पनि सुनैका छन् । तर यो सरकारले अर्को वर्ष सुनको घर र सुनको गल्ली बनाउँछौं भनेको छैन। सम्भव हुने र सम्भव बनाउनु पर्ने सम्वृद्धिका सपना बोकेको छ। समृद्धि नेपाल र सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो।’

 

यसबाहेक जलमार्ग र रेलकाे कुरा गर्दै प्रधानमन्त्री अाेलीले रेल र पानीजहाज मजाक उडाउने विषय नभएको बताएका थिए । उनले भने ‘हेर्दाहेर्दै इष्टटिमोर समुन्द्रबाटै जान्छौं। जलमार्गबाटै ढुवानी गर्छौं, उलने भने, पानीजहाज निदाएका बेला देखेको सपना होइन। पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भन्नुभयो। ठीकै भन्नुभयो। मैले दिउँसै देखेको सपना हो, राति होइन।’

 

 

केपी अाेली संसद पानी जहाज

विशेष