राजनीति भिडियो

विप्लव–माओवादीका नेताकाे चेतावनीः अाेली–प्रचण्ड दलाल हुन् सशस्त्र युद्दबाटै ढाल्छाैँ (भिडियो)

ओलीले भनेको समृद्धि पानीको फोका हो

विप्लव–माओवादीका नेताकाे चेतावनीः अाेली–प्रचण्ड दलाल हुन् सशस्त्र युद्दबाटै ढाल्छाैँ (भिडियो)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा अहिले भुमिगतजस्तै छ । अहिलेको संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढिरहेको यो पार्टीका थुप्रै नेतालाई सरकारले निगरानी बढाउन थालेपछि भुमिगत शैलीमा बस्न थालेका हुन् ।

 

माओवादी युद्धको सार्थकता नसकिएको भन्दै उनीहरुले फेरि युद्ध गर्ने बताउँदै छन् । त्यसो त यस पार्टीले सबै तहका चुनाव बहिस्कार गर्यो । तर पूर्वमाओवादी नेता समेत रहेका रामबहादुर थापा गृहमन्त्री बनेपछि नै विप्लव निकट नेता–कार्यकर्ता पक्राउ पर्न थालेका छन् ।

 

यही क्रममा उक्त पार्टीको रणनीति, कार्यदिशा तथा पछिल्लो गतिविधिबारे नेकपाका पोलिट्ब्युरो सदस्य कृष्ण धमलासँग नेपालआजले गरेको कुराकानी गत मंगलबार प्रकाशित भएको थियो । नेता धमलासँग गरिएको कुराकानीको दोस्रो भागको मूल सार यहाँ प्रस्तुत छ :


वैज्ञानिक समाजवाद संर्घष गर्दै जाँदा क्रान्तिको बीचबाट जन्मने कुरा हो । हामीले प्राप्त गरेको कार्यदिशा साम्राज्यवादबाट विकास भएर दलाल पुँजीवादमा विकास भयो । र यो अहिले कर्पोरेट प्रणालीमा पुगेको छ । यी सबैलाई संश्लेषण गरेर हामीले तयार पारेको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा हो । यो मध्यम दूरीको कार्यदिशा हो ।

 

हिजो चीनमा २७ वर्षसम्म क्रान्ति भयो । भियतनाममा लामो समय क्रान्ति भयो । तर अहिलेको पुँजीवादको अन्तर्विरोधका लामो समय क्रान्ति गर्नुपर्ने देखिँदैन । यसलाई ठीकसँग नेतृत्व गर्न सकियो भने छाटो समयमै क्रान्ति सम्पन्न हुन्छ र हामीले चाहेको समाजवादको उदय हुन्छ । हाम्रो कार्यदिशाको निष्कर्ष नै यही हो । 

 

राज्यले दमन गर्न खोजे प्रतिवादका लागि हतियार उठाउन पार्टी बाध्य हुनेछ । अहिले पार्टीलाई राज्यले दमन गरिरहेको छ । हाम्रो कार्यकर्तालाई झुटो मुद्धा लगाउने, जेलमा जाक्ने, वेपत्ता बनाउने जस्ता निर्मम कामहरू सरकारको तर्फबाट भइरहेको छ । राज्य हाम्रो विरुद्धमा लाग्नु भनेको आफ्नो खुट्टाामा आफैँले बञ्चरो हान्नुजस्तो हो । राज्यले भन्ने गरेको समृद्धी, समाजवाद पानीका फोकाजस्तै हुन् ।  यदी राज्य हामीविरुद्ध आइलाग्छ भने हामी पनि हातमा दही जमाएर बस्दैनौँ ।

 

हिजो राणाशासन समाप्त भयो, पञ्चायल ढल्यो, २ सय ३८ वर्षको राजा शासन सकिएर गयो । सत्ताधारीहरूले समयमै सोचेनन् भने यिनीहरूको शासन पनि धेरै समय टिक्नेवाला छैन । किनकी जनताको शक्ति सबैभन्दा महान शक्ति हो । 


‘बम पड्काएका हैनौँ’
 

चन्दा असुल्न हामीले बम पड्काएका होइनौँ । यो हामीलाई बदनाम गर्नको लागि भनिएको हो । निर्वाचनको बेलामा संसदीय व्यवस्थाको विरुद्ध लाग्न जनतालाई हामीले अपिल गरेको हौँ । स्थानीय तहमा अहिले कर बढाएर जनताको ढाड सेकाउने काम भइरहेको छ । यसको विरुद्धमा लाग्न जनतालाई अपिल गरेका हौँ । जनताले हामीलाई साथ पनि दिएका छन् । समाजवाद स्थापनाको निम्ति काहिले क्रान्ति गरिरहेका छौँ, शान्तीपूर्ण आन्दोलन गरिरहेका छौँ । यस्तो अवस्थामा हामीले जनतासँग चन्दा मागेका हौँ । जनतालाई दुःख दिएका छैनौँ । हामीमाथि राज्यले भ्रमपूर्ण लान्छना लगाइरहेको छ । 

 

मोदी आउनुभन्दा अगाडी ओली दिल्ली भ्रमणमा गएर कृषि सहकारी सम्झौता गरेका थिए । यो सम्झौता राष्ट्रघाती छ । सिञ्चाई उनीहरूले सिधै भारतमा लैजाने हुन् । भारतले यसमा ठूलो षड्यन्त्र गरेको छ । कृषि सहकारी गर्ने भनेर जमिन हडप्ने र विस्तारै मधेशलाई कब्जा गर्ने उनीहरूको योजना हो । यो कुरा जनताको बीचमा भण्डाफोर हुनुपर्छ । यसको लागि नेपाली जनताले संघर्ष गरेर जानुपर्छ ।

 

हामीले विकास निर्माणलाई रोक्न खोजेका होइनौँ । हामी समग्र राज्यशत्ता, संसदवादको विरोध गरेका हौँ । यो व्यवस्था टाठाबाठा र हुने खानेको व्यवस्था मात्र हो । यो व्यवस्थाले केवल पुँजीपतीहरू जन्मन्छन् । जहाँ गरिब र धनी वीचको खाडल घट्ने होइन बढ्दै मात्र जान्छ । हामी जनताको विकास चाहन्छौँ ।

 

विकासमा हाम्रो फरक किसिमको अवधारण छ । अरुण तेस्रो देखि लिएर अन्य ठूला योजना छन् । ती हाम्रो सामथ्र्यले मात्र गर्न सक्दैन । तर सामथ्र्यले सक्दैन भन्दैमा हाम्रो सार्वभौमसत्तामा आँच आउन किन दिने ? तर हामीले चाहोको खण्डमा हामी आफैँले बनाउन सक्छौँ । जस्तो कि फास्ट ट्«याकको नेपाली सेनाले जिम्मा लिएको काम थालेको छ ।


हामीसँगै पुँजी छैन भने पनि बैंकबाट सफ्ट लोन लिएन गर्न सक्छौँ । हाम्रो माग पनि त्यही हो । हाम्रो देशलाई परनिर्भरर बनाउनु भएन । हामीले यही परनिर्भरताको विरोध गरेका हौँ । यिनीहरूले जुन समृद्धीको कुरा गरिरहेका छन् वास्तवमा त्यो समृद्धी होइन ।

 

मोदीको नेपाल भ्रमण धार्मिक भ्रमण भनिए पनि वास्तवमा यो धार्मिक भ्रमण थिएन । यो राजनीतिक र कूटनीतिक भ्रमण थियो । यो प्रस्ट रुपमा देखिइसकेको छ । मोदी भ्रमणको विरोध गर्नेहरूमा उपेन्द्र यादव, अम्रेशकुमार सिहंहरू पनि छन् । नेपाल भ्रमण आउनुअघि भारतमा सेनाहरू नेपालमा आए । यो गलत थियो । 

 

मुस्ताङ गएपछि मुस्ताङको मूल मूर्तिमा कसैलाई प्रवेश गर्न दिइएको थिएन । पहिलोपल्ट मोदीलाई प्रवेश गर्न दिइयो । शान्तिपूर्ण विरोध गर्दा आवाज उठाउन दिइएन । सबै गतिबिधि हेर्दा नेपाली पत्रकारलाई अपमान गरिएको देख्दा यो सबै राष्ट्रको हित विपरित नै थियो ।

 

नेपालमा भारतीय साम्राज्यवाद हावी भएको छ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता माथि भारतले धावा बोल्न चाहन्छ । २ नं प्रदेशमा जुन सहयोग मोदीले गरे त्यसमा ठूलो स्वार्थ लुकेको छ । मोदीको पहिलेको भ्रमणमा पनि सहयोग गर्ने वचन दिएका थिए । खै ! सहयोग गरेको त पाइदैँन । यो मोदीको बोलीमात्र थियो । नेपाललाई सिक्किमीकरण गर्ने भारतको रणनीति हो । यसरी पहाड र मधेशलाई टुक्राउन विभिन्न षड्यन्त्र पनि गरिए । यसबाट बुझिन्छ कि नेपाललाई यिनीहरूले सिक्मिीकरण गरिरहेका छन् ।

 

हाम्रो क्रान्तिलाई सिध्याउनको निम्ति बाम गठबन्धनको एकता भएको हो । क्रान्तिलाई निमोठ्नको निम्ति यिनीहरू एक ठाउँमा जम्मा भएका छन् । त्यसको विरुद्धमा नेपाली जनताहरू नयाँ ढंबाट प्रतिरोधमा उत्रनु जरुरी छ । हामीलाई सर्वहारा वर्गको समर्थन छ । संसारमा कमै सच्चा कम्युनिष्टहरू सत्तामा पुगेका छन् । हामीलाई उनीहरूले आशाको नजरबाट हेरिरहेका छन् ।

विप्लव माअाेवादी अाेली सरकार क्रान्ति समाजवाद

विशेष