सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

काठमाडौँ । सरकारले ल्याएकाे आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।
त्यस लगत्तै सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नआएकाले सर्वसम्मतिले पारित भएको हो ।
तर विपक्षमा कसैकाे मत नरहे पनि नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिनन् ।
फोरम नेपालका सांसदले भने संशोधन प्रस्ताव फिर्ता लिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।
नीति तथा कार्यक्रम पारित