अन्तरवार्ता भिडियो

चर्चित डेउडा गायिका सोभासँग रोचक गफः पहिले त चाखेकै हो, अचेल मन छैन ! (भिडियोसहित)

गाउँदा गाउँदै भावुक बनेर रोएँ

चर्चित डेउडा गायिका सोभासँग रोचक गफः पहिले त चाखेकै हो, अचेल मन छैन ! (भिडियोसहित)

काठमाडौं । सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मिएकी चर्चित डेउडा गायिका सोभा थापा अहिले साङ्गीतीक बजारमा निकै व्यस्त कलाकार मानिन्छन् । गायिका थापाले अहिलेसम्म ५०० बढी गीतमा स्वर दिईसकेको बताउँछिन् । 

 

उनले डेउडा गीतसँगै लोक दोहोरी र पुर्वेली गीतमा पनि आफ्नो स्वर बुलन्द गराएकी छन् । उनको जन्म भारतमा भयो । जन्मेको ५ वर्षसम्म भारतको वसाईपछि गायिका थापाका आमाबुबा जन्मथलो बाजुरा फर्किए ।

 

बाजुरामा हरेक चाडपर्व, मेलापात र घाँसदाउरा गाइने गीतको प्रभाव गायिका थापालाई अछुतो रहन सकेन । गायिका थापा सानैदेखि गीत गाउने, रेडियो सुन्ने गर्न थालिन् । उच्च शिक्षा हासिल गर्न बाजुराबाट धनगढी पुगेपछि थापाले गीत रेकर्डिङ् थालिन् । 

 

सुरुमा ३०० पारिश्रमिक लगेकी थापाले काठमाडौंसम्म आईपुग्दा आफ्नो रेट प्रति गीत ४००० लिईरहेको बताउँछिन् । डेउडा गीतको सानो बजार तर धेरै महत्व भएकाले डेउडा गीतमा पारिश्रमिक कम पाईने गरेको उनको बुझाई छ । 


२०६१ सालदेखि गायन क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी छन् । विभिन्न समस्यासँग सामना गर्दै कलाकार बन्ने आफ्नो चाहना पुरा गरेकी गायिका थापाले स्नाकोत्तर तहसम्मको शिक्षा हासिल गरिसकेकी छन् । डेउडा गीतको संरक्षण गर्नका लागि उनले अहिले अनामनगरस्थित आफ्नै विशेष डिजिटल स्टुडियो खोलेकी छन् ।

डेउडा गीतमा चर्चित गायिकाका रुपमा स्थापित ‘शोभा थापा’ सँग नेपालआजका लागि गरेको रमाईलो गफः 


मेरो खाना

सादा खाना खान्छु, घरभित्रै पकाएको खाना मनपर्छ । खानाको रुपमा बिहान भात र बेलुकी रोटी र साग खान मनपर्छ । दिनको ३ चोटी खाने गरेकी छु ।


मेरो सौन्दर्य 

नेपालीपन अनुसार गाजल, लिपिष्टिक जस्ता सामान्य क्रिम प्रयोग गर्छु । 


मेरो पोशाक 
घरमा कुर्ता सुरुवाल घरायसी रुपमा प्रयोग गर्छु । बाहिर जाँदा प्रायः सारी र चोली लगाउँछु । सपिङ् जाँदा श्रीमान र साथिहरुसँगै लिएर निस्कन्छु । मैले श्रीमानको लागि रोजिदिन्छु र श्रीमानको रोजाई अनुसार म पनि सपिङ् गर्छुृ । मध्यम खालका लुगाकपडा किनमेल गर्छु ।


मेरो घुमफेर
म प्रायः सबै ठाउँ घुमेकी छु । पोखरा घुमेकै मध्ये मनपरेको ठाउँ हो ।  अब मैले जोमसोम र रारा ताल जाने ठुलो योजना बनाएकी छु  । 


मेरो भुल 
मैले धेरै ठुलो भुल गरेँजस्तै लाग्छ । सायद राजनीति गरेकी हुँन्थे भने अहिलेसम्म म अनेरास्ववियुकी होनाहार विद्यार्थी नेता हुन्थे होला । गायिका भएर पनि पछुतो त छैन ।  तर यहाँभन्दा धेरै प्रगति राजनीतिमा गर्थेँ होला । अझंैसम्म कुशल राजनिज्ञ बन्ने धोको उद्येश्य मरेको छैन । देशलाई निकास दिने र विकास समृद्घि ल्याउने राजनीति नै हो भन्ने मलाई लाग्छ । मैले मन पराएका नेता गगन थापा, नबिना लामा, बाबुराम भट्टराई, प्रचण्ड हुन् । 


मेरो मदिरा 
सानो छँदा चाखेकी छु । अहिले त्यसको फिलिङ् नै बिर्सिसकेँ । अहिले लागुपदार्थबाट टाढै छु ।


मेरो प्रेम 
म बालसमुह र राजनीतिमा सक्रिय मान्छे हुँ । मैले श्रीमान बाहेक कसैसँग प्रेम गरिनँ । मलाई धेरै प्रेम पत्र नआएका होईनन् । कसैले कसैले त प्रेमपत्रमै डेउडा गीत लेखेरै पठाउँथे मैले वास्ता गरिन । अहिले श्रीमानसँग धेरै सन्तुष्ट जीवन जीईरहेकी छु । 


मेरो मृत्यु 
म सानो कुरामा डराउँछु, मृत्युदेखि धेरै डराउँछु । थाईराईड रोगी भएकाले छिटै मरिहाल्छु जस्तो लाग्छ । सर्प, कुकुर देखेपछि त्यो बाटो हिँड्नै सक्दिनँ ।  कहिलेकाँही सारो तनाव हुँदा त मर्न मन लाग्थ्यो पहिले पहिले तर अहिले केही गर्नुपर्छ जस्तो लाग्छ ।

डेउडा कलाकार गायिका सोभा थापा

विशेष