Technology व्यापार

एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा

एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा

अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ ।

 

डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको हो ।


एप्पलले सामसुङ विरुद्ध सन् २०११ मा एक मुद्दा दर्ता गरेको थियो । एप्पलको पेटेन्ट रहेको आइफोनको डिजाइन सामसुङले चोरी गरेको आरोप लगाइएको थियो । 

 

सुरुवाती फैसलामा पनि अदालतले सामसुङलाई दोषी ठहर गर्दै १ अर्ब डलर क्षतिपूर्तिको फैसला गरेको थियो । क्षतिपूर्ति रकम निकै बढि रहेको भन्दै सामसुङले पुनरावेदन गरेको थियो ।

 

माथिल्लो अदालतले पुनः सामसुङलाई नै दोषी ठहर गर्यो । तर क्षतिपूर्ति रकम चाहीँ केही घटायो । एप्पलले अदालतको फैसलाप्रति खुसी व्यक्ति गर्दै आफ्नो लागि उक्त मुद्दाको जित पैसा भन्दा ठूलो रहेको जनाएको छ ।

 

सामसुङले तीनवटा डिजाइन पेटेन्ट र दुईवटा युटिलिटी पेटेन्ट चोरी गरेको आरोप एप्पलले लगाएको थियो । पेटेन्ट चोरीमा झण्डै ५७ अर्ब क्षतिपूर्तिको फैसला गरेको अदालतले पेटेन्ट फंक्सन नष्ट गरेको छुट्टै मुद्दामा सामसुङमाथि झण्डै ५५ करोड जरिवाना सुनाएको छ ।

 

 एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ । एजेन्सी

सामसुङ एप्पल चोरीको मुद्दा

विशेष