नेकपा र फोरमबीच दुई बुँदे सहमति,फोरम सरकारमा सहभागी हुँदै
संविधान संशोधन गर्न तयार भयाे सरकार

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागी हुनेबारे दुई बुँदे सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच करिब दुई घण्टा वार्ता भएपछि सहमति भएको हो।
सहमतिपछि उनीहरूले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ ।