मुख्य समाचार देश

उपत्यकामा रेल कि केबलकार ?

उपत्यकामा रेल कि केबलकार ?

काठमाडाैं । गत बिहीबार लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिका एवं भक्तपुर तथा चन्द्रगिरि नगरपालिकासँग छलफल गर्याे । बोर्डले जेठको सुरुमै विस्तृत सम्भाव्यता अध्ययन गरी कम्पनी छनोट गर्न विश्वव्यापी बोलपत्र समेत आह्वान गरिसकेको छ । बोर्ड आगामी एक महिनाभित्रै कम्पनी छनोट गरेर डेढ वर्षमा अध्ययन सम्पन्न गर्ने तयारीमा छ।

– गत बुधबार फ्रान्सका राजदूत इभ कार्मोनासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर उपत्यकाका चार रुटमा केबलकार सञ्चालन गर्न सकिने सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझायो । फ्रान्स सरकारको सहयोगमा फान्सेली कम्पनीहरू एमडिपी र पोमा तथा नेपालका पञ्चकन्या समूह एवं कालिका कन्स्ट्रक्सनले पाँच वर्ष लगाएर अध्ययन गरेका थिए । त्यसका लागि तीन करोड ४० लाख रुपैयाँ खर्चिएको थियो।

– गत शुक्रबार मात्र काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी)सँग सम्झौता गरेको छ । सम्झौताअनुसार आगामी सात महिनापछि अध्ययनको अन्तिम प्रतिवेदन आउने अपेक्षा राखिएको छ। नागरिक दैनिकबाट । 

विशेष