मुख्य समाचार राजनीति

ढुंगेलकाे रिहापछि गगन थापा भनेः प्रधानमन्त्री राजा होइबक्सन्न, यसको चालचलन ठीक, यसको बेठिक भन्नलाई

सभामुख महराले बोल्दा बोल्दै माइक्रोफोनको आवाज काटिदिए

ढुंगेलकाे रिहापछि गगन थापा भनेः प्रधानमन्त्री राजा होइबक्सन्न, यसको चालचलन ठीक, यसको बेठिक भन्नलाई

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले अपराधको सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई माफी दिएर सर्वोच्च अदालतको अपहेलना गरेको बताएका छन्।

 

मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको संघीय बजेट प्रस्तूत गर्नु पूर्व दुई मिनेटको समय लिएर नेता थापाले प्रधानमन्त्रीले ढुंगेललाई माफी दिएर राजा बन्न खोजेको आरोप लागाएका हुन् ।

 

द्धन्द्धका घटनामा सत्य निरुपण आयोगले फैसला गर्ने भएपनि बालकृष्ण ढुंगेलका सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेश विपरित सरकारले ढुंगेललाई जेलबाट मुक्त गराएर कानुन विपरित उभिएको उनकाे भनाइ थियाे ।


चालचलन ठिक छ भनेर सरकारले आफुलाई लागेको ढंगबाट कैदमा रहेका ढुंगेललाई छुटाउन नमिल्ने थापाले बताए । चालचलनको सन्दर्भमा पनि सर्वोच्च अदालतले पटकपटक बोलेको उनको भनाइ छ ।

 

‘यो गणतन्त्र हो । हिजो राजा होइबक्सन्थ्यो। राजालाई मन लागेको बेला तेरो चालचलन ठिक, मन नलागेको बेला तेरो चाल चलन बेठिक बन्न पाइन्थो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उनलाई लाग्यो भन्दैमा कसैको चाल चलन ठिक कसैको बेठिक भन्न मिल्दैन । यो कानुनले मात्रै व्याख्या गर्छ’, थापाले भने । तत्कालीन प्रहरी निरिक्षक र पूर्व प्रधानमन्त्री पुष्पमकमल दाहाललाई काटेको पत्रले त्यो सबै स्पष्ट बोलेको समेत थापाले बताए ।

 

‘अदालतले स्वतन्त्र न्यायपालिकाको अस्मिता एवं विधिको साशनका लागि पीडित तथा समाजको विकासका निम्ति समेत खतरनाक बनी फरार रहेका प्रतिवादीलाई तुरुन्त पक्राउ गर्न वारेन्ट जारी गरेको थियो, ‘थापाले भने‘ वारेन्ट जारी गरेपछि ढंगेलले भन्नु भएको छ यो वारेन्ट म मान्दिन,यो वारेन्टलाई म खारेज गरिदिन्छु ।

 

मेरो गिरफ्तारीको आदेश म खारेज गरिदिन्छु । जसले मलाई यो वारेन्ट जारी गरेको छ त्यसैको नाममा म वारेन्ट जारी गर्छु । फिला नचिरी म जेल जान्न। जुन भिडियो रेकर्ड देखाइएको थियो । त्यसका अधारमा अदालले फैसला गरेको थियो ।’

 

थापाले ढुंगेललाई जेलमुक्त बनाएकोबारे आलोचना गर्दा नेपाली कांग्रेसका सबै सांसदले टेवल बजाइरहेका थिए। तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले ढुंगेल विरुद्ध गर्जिरहेका थापालाई पटकपटक समय छोट्याउनु निर्देशन दिएका थिए । र, अन्तममा थापा बोल्दा बोल्दै महराले उनको माइक्रोफोनको आवाज काटिदिएका थिए ।

गगन थापा बालकृष्ण ढुंगेल प्रधानमन्त्री राजा

विशेष