मुख्य समाचार राजनीति

दुई मन्त्रालयसहित फोरम सरकारमा जाँदै

दुई मन्त्रालयसहित फोरम सरकारमा जाँदै

काठमाडाैं । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारसँग सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुईबुँदे सहमतिसँगै फोरम तीन मन्त्रीसहित सरकारमा सहभागी हुन तयार भएको हो । दुईबुँदे सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि सरकार र फोरमबीच संवाद हुँदै आए पनि दुई पक्षबीच संविधान संशोधनमा कुरा मिलेको थिएन । तर, प्रधानमन्त्री ओलीले आइतबार संसद्मा आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउँदै फोरमलगायतका दलले उठाउँदै आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने बताएको भोलिपल्ट सरकार–फोरमबीच सहमति भएको हो ।

प्रधानमन्त्रीसँगको वार्तापछि फोरमले सरकारको नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिँदै आइतबार पक्षमा मतदान गरेको थियो । नयाँ पत्रिकाबाट ।

संघीय समाजवादी फोरम बालुवाटार

विशेष