रोजगार मुख्य समाचार देश

कर्मचारीको तलब बढेन, महंगी, पोशाक भत्ता र बीमा रकम बढ्यो

वृद्धभत्ता यथावत, बिमा गरिने

कर्मचारीको तलब बढेन, महंगी, पोशाक भत्ता र बीमा रकम बढ्यो

काठमाडौँ । सरकारले कर्मचारीको तलव बढाएन । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५/२०७६ को बजेटमा कर्मचारीको तलव यथावत राख्दै तलब पुनरावलोकन गर्न तलब आयोग गठन गरिने बताएका छन् ।

 

महंगी भत्ता २ हजार र पोशाक खर्च १० हजार पुर्‍याइएको छ । कर्मचारीको २ लाखको आवधिक बिमा गर्ने र ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ ।

 

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता पनि वृद्धि गरेन । ७० वर्षमाथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने अर्थमन्त्री जानकारी दिए । दोहोरो सामाजिक सुरक्षा भत्ता रोकिने सरकारले जनाएको छ ।

युवराज खतिवडा बजेट कर्मचारी

विशेष