मुख्य समाचार राजनीति

माओवादी केन्द्रको बैठक: पार्टी एकता विचारका र राजनीतिका आधारमा, एमालेको बैठक बेलुकी साढे ६ बजे

माओवादी केन्द्रको बैठक: पार्टी एकता विचारका र राजनीतिका आधारमा, एमालेको बैठक बेलुकी साढे ६ बजे

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सकिएको छ। पेरिसडाँडास्थित बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयबाट भएका काम र एकता प्रक्रियाको प्रगतिबारे रिपोर्टिङ गरेका थिए । 


विधानमा जनयुद्ध लेख्न एमाले तयार भएको र जबज र माओको जनवादका विषयमा पनि टुंगो लागिसकेको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन्। 


बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, दुई अध्यक्षबीच छलफल भइरहेको छ। एकता प्रक्रियाबारे थप छलफल भोलि पनि गर्नुहुनेछ । भुसालको अनुसार  ५०-५० प्रतिशतको  आधारमा नभई पार्टी एकता विचारका र राजनीतिका आधारमा हुनेछ ।


 भुसालले पार्टी एकता  समानता, सम्मान र न्यायोचित आधारमा मात्र हुने हुनाले यो  कुनै व्यापार नभएको जिकिर गरिन् ।


 यसैविच नेकपा एमालेको बैठक पनि बेलुकी साढे ६ बजे बस्ने भएको छ । बैठकमा समसायिक विषय, राजनीतिक घटनाक्रम र  पार्टी एकताको विषयमा पनि छलफल हुने भएको छ । 


अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहनगर झापा पुगेका हुनाले उताबाट फर्केपछि बैठक बस्ने तयारी भएको विशेष स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्र नेकपा एमाले

विशेष