मुख्य समाचार देश

ढुंगेलसहित ८१६ को कैद माफी

ढुंगेलसहित ८१६ को कैद माफी

काठमाडौं । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

 

राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा भनिएको छ, ' आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’'

 

 गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । उनी (अाज) मंगलबार जेलमुक्त भएका छन्। 
 

 

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए ।

 

तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त भएका  हुन् ।

 

उनको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि सर्वोच्चमा अर्को मुद्दा परेको छ । सर्वोच्चले आज सोमवार त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति विज्ञप्ती

विशेष