राजनीति

ढुंगेलले जेलमुक्त हुँदै गर्दा भने: ‘डलरवादीहरु’ले मलाई जेलमा सडाउने षड्यन्त्र गरे

ढुंगेलले जेलमुक्त हुँदै गर्दा भने: ‘डलरवादीहरु’ले मलाई जेलमा सडाउने षड्यन्त्र गरे

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेल कांग्रेस, मानवअधिकारवादी र वकिलविरूद्व खनिएका छन् ।

 

पूर्वसांसद समेत रहेका ढुंगेलले मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा हुँदै गर्दा युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’


उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो ।

गणतन्त्र दिवस बालकृष्ण ढुंगेल

विशेष