मुख्य समाचार राजनीति

प्रचण्डले भनेः गिरिजाप्रसाद काेइराला र मलार्इ विश्वमा स्थापित किन नगर्ने?

'आपसमा आशंका र निषेध गर्दा देश पछाडि धकिलियो'

प्रचण्डले भनेः गिरिजाप्रसाद काेइराला र मलार्इ विश्वमा स्थापित किन नगर्ने?

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको नेपालको राजनैतिक परिवर्तन अनुकरणीय रहेकाे भन्दै त्यसका नेतृत्वकर्ताहरुलाई विश्वमा स्थापित गर्न पहल गर्नुपर्ने बताएका छन्।

 

११औं गणतन्त्र दिवसको अवसरमा गणेशमानसिंह जन-आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा ‘संविधानको गतिशीलता र राजनैतिक दलको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको परिवर्तनमा मुख्य भूमिका खेल्ने नेतृत्वलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउनु पर्ने बताए ।

 

अध्यक्षले प्रश्न गर्दै भने, ‘सात राजनीतिक दलको तर्फबाट शान्ति सम्झौताका हस्ताक्षरकर्ता दिवंगत नेता गिरिजाप्रसाद कोइराला र निकै ठूलो जोखिम उठाएर र ठूल्ठूला क्षति व्यहोरेर विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतन्त्रमा रुपान्तरण गर्ने हामी दुबै शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई अन्तराष्ट्रिय रुपमा स्थापित र पुरस्कृत गर्न किन पहल गर्दैनौं ? यसका लागि हामीमा किन जाँगर आउँदैन?’

 

नेपालको ऐतिहासिक परिवर्तनलाई सम्मानित गर्ने, सात राजनैतिक दल र नेकपा माओवादीका सबै नेताहरुलाई सम्मानित गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनको इज्जत प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने कार्य नेपाल राष्ट्रका लागि महान् हुने अध्यक्ष प्रचण्डको भनाई थियो।

 

उनले नेपालको राजनीतिक परिवर्तन अन्यत्रको भन्दा मौलिक ढंगले सम्पन्न भएको हो भन्‍ने भावी सन्ततीको निम्ति पनि यो ठूलो पाठ हुने बताए।

 

‘हामीले यसो गर्यौं भने यो कुरा गिरिजाप्रसाद र प्रचण्डको लागि मात्र हुँदैन। हाम्रो इज्जत, प्रतिष्ठा, त्याग, तपस्या र बलिदानलाई सम्मानित गर्न र मानव जातिकै निम्ति एउटा राम्रो उदाहरण हो भनेर प्रस्तुत गर्न अरु त चाहँदैनन् नै तर हामी नै पनि किन बल गरिरहेका छैनौं,’ अध्यक्षले प्रश्न गरे। उनले नेपालीहरुले नै यसको लागि पहल गर्नुपर्ने बताए।

 

अध्यक्षले नेपालको राजनीतिक इतिहासका सन्दर्भमा वामपन्थी र प्रजातन्त्रवादी भन्‍ने दुईटा बिचार बोकेका पार्टीहरु आपसमा सहमति गर्दा ठूलाठूला परिवर्तन भएका र एकआपसमा आशंका र निषेध गर्दा देश पछाडि धकिलिएको स्मरण गराए।

प्रचण्ड गिरिजाप्रसाद काेइराल

विशेष