प्रधानमन्त्रीले भने, ‘काम गर्न नसक्ने मन्त्रीलाई हटाउने नै त हो, अर्को के उपाय छ र ?’
काठमाडौं । आइतबार राति क्याबिनेट बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अँ, अहिले विभिन्न प्रकरणमा केही मन्त्रीले काम गर्न सकेनन्, बद्नाम भए, हट्दैछन् भनेर लेखेको पाइयो । कुरा ठीकै हो ।’
अर्कै प्रशंगमा उठेका कुरालाई एकाएक प्रधानमन्त्रीले यसरी व्यक्त गरेपछि केही मन्त्रीले अप्ठेरो मान्न थालिसकेका थिए । फेरि थपियो, ‘केही मन्त्रीले काम गर्न भ्याएनन् सकेनन । यसर्थ अब उनीहरु हट्दैछन् । काम नगर्नेलाई कारबाही गर्नुपर्ने भएको छ । त्यसको उपाय भनेको हटाउने नै त हो ।’
पाँच वर्षे सरकारका केही मन्त्री त डेढ महिनाका पनि भएका छैनन् । राख्ने र हटाउने भन्न थालिसके । यसपछि प्रधानमन्त्रीले कुरा खोल्नुभयो , ‘अब फोरम पनि सरकारमा आउने नै भयो । आजभोलिमै आउलान् । तिनीहरुलाई पनि त मन्त्रालय दिनुपर्छ । यसरी प्रमले भन्न खोजेको कुरा हो आफूसँग रहेका दुई मन्त्रालय फोरमलाई दिने । प्रधानमन्त्रीले राखेर के गर्नु ? काम गर्न भ्याइदैन । उहाँहरु आउने नै हुनुभयो । आउने भएपछि त्यही दिने ।’
जनआस्था साप्ताहिकबाट