मुख्य समाचार देश

मूल्य केमा बढ्यो, केमा घट्यो ?

मूल्य केमा बढ्यो, केमा घट्यो ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै केही बस्तुको मुल्यमा कर थपेर मुल्य बढाएको छ भने केहीमा घटाएको छ ।

 

सावरी साधन, सुर्तीजन्य पदार्थ र मादक पदार्थको मुल्य बढेको छ भने स्वास्थय सेवा र शिक्षा सेवामा लाग्दै आएको कर हटेको छ । 

 

एक हजार सिसीभन्दा बढी क्षमताको गाडीमा ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब ६५ देखि शतप्रतिशतसम्म अन्तःशुल्क लगाएर भाउ बढाउको छ । अब यस्ता गाडीको मुल्य कम्तीमा एक लाख महँगो हुने भएको छ । 

 

यस्तै १५० सिसीभन्दा माथिका मोटरसाइकल कम्तीमा २५ हजार महँगो हुने भएको छ । सरकारले १५० सिसीभन्दा बढिको मोटरसाइकलमा अन्तः शुल्क बढाउने घोषणा गरेका छ । यस्तै रेफ्रिजेरेटरमा पाँच प्रतिशत अन्तःशुल्क लगाएको छ। 

 

यसैगरि प्रतिखिल्ली सुर्तीजन्य पदार्थमा २५ पैसा र प्रतिकेजी सुर्तीजन्य पदार्थमा २५ रुपैयाँ स्वास्थ्य जोखिम कर लागू हुने  भएको छ। मदिरा र सुर्तीजन्य पदार्थमा अन्तःशुल्क पनि वृद्धि गरिएको छ।

 

यसैगरि सरकारले इनर्जी डिंक्समा पनि अन्तःशुल्क बढाएको छ । अर्थमन्त्रीले प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क वृद्धि गरेको घोषणा गरेका छन् । 

 

यस्तै सरकारले चकलेटमा पाँच प्रतिशत कर बढाएको छ भने दूरसञ्चारमा ११ प्रतिशत सेवाशुल्क लाग्दै आएकोमा अब १३ प्रतिशत पुर्याएको छ । 

 

त्यस्तै क्यासिनो सञ्चालन गरेबापत वार्षिक तीन करोड रोयल्टी तिर्नुपर्नेमा अब चार करोड रुपैयाँ र आधुनिक मेसिन थप गर्दा ७५ लाख तिर्नुपर्नेमा अब १ करोड रोयल्टी तिर्न् पर्ने भएको छ । 

 

घटाउने सवालमा भने सरकारले कन्जुस्याइ गरेको छ । स्वास्थ्य सेवा र शिक्षा सेवाको शुल्क हटाउने बाहेक अन्य केहिको पनि मुल्य घटाइएको छैन् । 

सरकारले स्वास्थ्य सेवामा लाग्दै आएको ५ प्रतिशत सेवा शुल्क हटाएको छ भने भ्याट पनि नलाग्ने घोषणा गरेको छ । यस्तै शिक्षा सेवामा लिइदै आएको एक प्रतिशत शिक्षा सेवा शुल्क हटाइएको छ तर, विदेश पढ्न जानेलाई भने दुई प्रतिशत शुल्क लाग्ने भएको छ । 

बजेट सार्वजनिक सुर्तीजन्य पदार्थ सावरी साधन

विशेष