राजनीति

विश्वभरका कम्युनिस्ट नेता काठमाडौंमा किन ?

विश्वभरका कम्युनिस्ट नेता काठमाडौंमा किन ?

काठमाडौं । विश्वभरका कम्युनिष्ट नेताहरु काठमाडौंमा भेला भएका छन् । कार्लमाक्र्सको जन्मजयन्तीको अवसर पारेर कम्युनिस्ट नेताहरु भेला भएका हुन् । 

 

नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन गरिएको नेताहरुले बताएका छन् । 

 

बुधबार र बिहिबार काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् । सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने एमाले नेता माधवकुमार नेपालले बताए । 

 

यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।

 

 बिहान ९ बजे सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । सम्मेलनमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ । 

 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको माक्र्सवाद र समाजवादका विषयमा कार्यपत्र प्रस्तुत गनेछन् । 
 

कम्युनिष्ट नेता कार्लमाक्र्स जन्मजयन्ती

विशेष