राजनीति

बजेटबारे धारणा बनाउन कांग्रेस संसदीय दल बैठक बस्दै

बजेटबारे धारणा बनाउन कांग्रेस संसदीय दल बैठक बस्दै

काठमाडाैं । सरकारले सार्वजनिक गरेको आर्थिक बजेटबारे धारणा तय गर्न भन्दै नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

 

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत गरेपछि कांग्रेसले संसदीय दलकाे बैठक डाकेकाे हाे । बजेटबारे विभिन्न  टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन बुधबार दिउसाेकाे लागि बैठक बोलाएको हो ।

 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाए पनि बजेटबारे कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै अाएका छन्र । पार्टी सभापति शेरबहादुर देउवाले हावादारी कार्यक्रम भनी टिप्पणी गरेका छन्र ।

 

काँग्रेस बजेट बैठक

विशेष