मुख्य समाचार देश

'मैले सफा गरे सबै सफा गर्नेछन् '

'मैले सफा गरे सबै सफा गर्नेछन् '

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ’स्वच्छ वातावरण महाअभियान २०७५’ को शुभारम्भ गरेका हुन् ।

 

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबार देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् ।

 

काठमाडौंस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गरेका थिए ।

 

सडक सफा गर्नुअघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए । 

 

‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, उनले भने, ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’

 

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गरे ।

कृष्णबहादुर महरा विश्व वातावरण दिवस वन तथा वातावरण मन्त्रालय

विशेष