मनोरञ्जन समाज

गायक शिव परियार अस्पतालबाट डिस्चार्ज

गायक शिव परियार अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मोटरसाइकल दुघर्टनामा परेर घाइते भएका चर्चित गायक शिव परियार उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

सामाखुशीमा दुर्घटनामा परेलगत्तै उनलाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएको थियो । उनको उपचार वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेको टिमले गरेको हो ।

 


शिवको गोडामा चोट लागेको थियो । उनको गोडामा जमेको रगत सानो प्रोसेस गरेर निकालिसकेको छ । अब पूर्णरुपमा निको हुन तीन हप्ताजति समय लाग्ने छ ।

 

राजधानीको बसुन्धारामा आइतबार बिहान शिवले चलाएको बा ८० प ९९९८ नम्बरमने मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको अर्को मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

शिव परियार मोटरसाइकल दुघर्टना डिस्चार्ज

विशेष